11/12/2025, 23:31:47
बुधबार, कार्तिक २६, २०८२

जेन-जी युवाको अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : संयोजक प्रचण्ड


काठमाडौँ, कात्तिक २६ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेन-जी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ ।

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो  “जेन-जी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेन-जी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन ग¥र्यो”, संयोजक दाहालले भन्नुभयो, “जेन-जीको भावना बुझ्ने पार्टी र अर्को पार्टी एकै हुन सक्दैन, महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेन-जी युवाको प्रतिनिधित्व गराउछौँ, बढीभन्दा बढी युवालाई निर्वाचनमा उम्मेदवार बनाउछौँ ।

कुनै आग्रह र पूर्वाग्रहबिना यो पार्टीलाई क्रान्तिकारी र जनताको भरोसायोग्य साथी बनाइने उल्लेख गर्दै संयोजक दाहालले आगमी निर्वाचनमार्फत नेकपाले नै मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो । क्रान्तिकारी कम्युनिष्ट ध्रुवीकरणको क्रम सुरु भएको जानकारी दिँदै उहाँले आगामी दिनमा इमान्दार वामपन्थी नेता कार्यकर्ता नेकपामा समाहित हुने दाबी गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..