12/28/2025, 21:59:40
आइतबार, पुष १३, २०८२

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको खर्च हद तोकियो


काठमाडौँ, पुस १३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा ९१०, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नामावली, २०७६ को नियम ४६ को उपदफा ९१० बमोजिम सो रकम तोकिएको छ ।

मतदाता नामावली खरिद शीर्षकमा एक हजार रुपियाँ, सवारी साधन ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) दश हजार, प्रचार-प्रसार सामाग्री १४ हजार पाँच सय, ढुवानी दश हजार, गोष्ठि अन्तरक्रिया एक लाख, अन्य प्रचार–प्रसार, छापा एवम् विद्युतीय माध्यम १४ हजार पाँच सय, कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध ३० हजार गरेर तीन लाख ५० हजार रुपियाँ खर्च हद तोकिएको आयोगले जनाएको छ ।

उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ ।