काठमाडौँ, पुस १३ : जसपा नेपाल र लोसपाबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ ।
अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा आइतबार बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
‘देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो,’ जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!











