काठमाडौँ, पुस १३ गते । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।
आयोगकाअनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूचि पेस गरेका छन् । तीन वटा राजनीतिक दलहरूले १३४ जनाको बन्दसूचि आयोगमा पेस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनकाअनुसार आइतबार र सोमवार बन्दसूचि पेस गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूचि पेस गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए । पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए ।
निस्सा लिएपछि बन्दसूचि पेस गर्नको लागि दर्ता गरिने उनको भनाई छ । उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिए । उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताए । सोमवार ६ बजेसम्म आउने दलहरूलाई सेवा दिने बताए ।
उनले भने ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पौष १३ र १४ गते दुई दिन बन्दसूचि पेस गर्ने समय तोकिएकोमा आज यतिबेलासम्म ३ वटा राजनीतिक दलहरूबाट जम्मा १३४ जनाको बन्दसूचि यहाँ भेरिफाइड भइसकेको छ । निस्सा लिएर बन्दसूचि पेस गर्ने चरणमा उहाँहरू हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौँ ।’
प्रवक्ता भट्टराईले विभिन्न समूहहरूको प्रतिनिधित्व गराउने कानुनी व्यवस्थाअनुसार दलहरूले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे । आयोगले त्यसको लागि राजनीतिक दलहरूलाई अभिमुखीकरण पनि गरेको उनले बताए । उनले संशोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम्म समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिए ।
उनकाअनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिलेर नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











