12/28/2025, 21:47:26
आइतबार, पुष १३, २०८२

कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने


काठमाडौँ, पुस १३ गते । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ।

आइतबार सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराउनु भएको हो ।

केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहनु भएका नेतासँग छलफल भइरहेको छ । अब सूची तयार गरेर सोमबारसम्म आयोगलाई बुझाउने बताउनु भयो । समानुपातिक सूचीबाट १ सय १० जना सांसद चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताउनु भयो ।