काठमाडौँ, पुस १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको छ ।
शनिबार मध्यरातिसम्म छलफल भएर आइतबार बिहान ४ बजे भएको समझदारीअनुरुप बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । पहिले कुलमान घिसिङ समेतलाई जोडेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत उपस्थिति गराउनेबारे छलफल भएको थियो ।

अहिले त्यो अनुसारको समानुपातिक सूची बनाउन महानगरपालिकाको टिम जुटेको छ । यही संख्याभित्र नेपाल जेन-जी फ्रन्टको टोलीलाई समेत समावेश गरिने स्रोतको भनाइ छ । ‘सूची तयार पार्न कुमार बेन, भूपदेव शाहसहितले छलफल गरिरहेका छन्,’ एक नेताले भने, ‘यो सूची तयार भएपछि रवि लामिछाने र बालेन शाह बसेर अन्तिम नामावली टुंग्याउने तयारी छ ।’
एक नेताका अनुसार, पछि टिकट बाँडफाँडमा पनि यही अनुपातमा समझदारी गरिनेछ ।
फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि भोलिसम्म दलहरुले बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









