12/28/2025, 21:59:42
आइतबार, पुष १३, २०८२

एमाले बैठक : समानुपातिक उम्मेदवारको नामावली सोमबार पठाइने


काठमाडौँ, पुस १३ गते। नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।

एमालेको ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकमा सो निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

उहाँले आजको बैठकमा विभिन्न जिल्ला, प्रदेशबाट सिफारिस भएको समानुपातिक नामावली सुझावसहित पारित भएको जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक परेको अवस्थामा पार्टी अध्यक्षले उक्त नामावलीमाथि थप गृहकार्य गरेर निर्वाचन आयोगमा पठाउने निर्णय भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा ब्रिफिङ गर्नुभएको उपमहासचिव भट्टले जानकारी दिनुभयो।