काठमाडौं । ओपनर सन्दीप जोराको अर्धशतकका बाबजुद नेपालले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल १९ रनले पराजित भएको हो। आफगानिस्तानले दिएको ११३ रन पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रन मात्रै बनाउन सक्यो।
नेपालका ओपनर सन्दीपले सर्वाधिक ५३ रन बनाए। १४ बल खेलेका उनले १ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर लोकेश बमले भने स्लो खेले। १० बलमा उनले १ छक्कासहित १० रन बनाए। राशिद खान ११ रनमा अविजित रहँदा मोहम्मद आदिल अन्सारी ११ र रुपेश शिंह १ रनमा अविजित रहे।
अफगानिस्तानका फरमानुल्लाह र इजाज अहमदले समान १ विकेट खसाले। त्यसअघि मिसन रोड ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले सबै विकेट गुमाउँदै ११२ रन बनाएको थियो।
अफगानिस्तानका ओपनर करिम जनतले सर्वाधिक ३५ रन बनाए। १० बलमा उनले २ चौका र ४ छक्का प्रहार गरे।अविजित रहेका फरमानुल्लाहले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए। कप्तान गुलाबदिन नैब २२ र सेदिकुल्लाह पचा १३ रनमा आउट भए। नेपालका रशिद खानले सर्वाधिक ४ विकेट लिए। २ ओभरमा उनले २७ रन खर्चिए। लोकेश बमले १ विकेट लिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








