01/10/2026, 04:45:43
शुक्रबार, पुष २५, २०८२

दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित


काठमाडौँ, पुस २५ गते । उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । प्रसाईंका कानुन व्यवसायीले निवेदन दिए पछि सुनुवाइ स्थगित भएको हो ।

दुर्गा प्रसाईं, उमा प्रसाईं, नीराजन प्रसाईं र आर्जु प्रसाईंलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो । यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो ।

प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शङ्कास्पद कारोबार गरेको आरोप थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..