01/10/2026, 04:45:43
शुक्रबार, पुष २५, २०८२

कांग्रेसले बोलाएको पत्रकार सम्मेलन अचानक स्थगित


काठमाडौँ, पुस २५ : कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पत्रकार सम्मेलन अचानक स्थगित गरिएको छ । दुई महामन्त्रीले विशेष महाधिवेशन बोलाएको सन्दर्भमा पार्टीको संस्थागत धारणा सार्वजनिक गर्न खड्काले पत्रकार सम्मेलन बोलाएका थिए ।

पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाए पनि अचानक स्थगित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

हिजै मात्रै केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै बोलाउन सकिने भनेर फिर्ता लिन अपील गरेको थियो । साथै नियमित महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको निर्णय गरेको थियो ।