11/05/2025, 20:38:48
बुधबार, कार्तिक २०, २०८२

स्वास्थ्यमन्त्री डा. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर


काठमाडौँ, कात्तिक १९ : स्वास्थ्य तथा जनसङ्ख्या म न्त्री डा. सुधा शर्माले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ।

मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र इडिइसिडीको निर्देशक पदमा डा रोशन न्यौपानलाई सरुवा गरिएको छ ।

यसैगरी डा पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा हुनुभएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..