काठमाडौँ, कात्तिक १ : नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृंखलाका लागि क्यानले शनिबार नेपाली टोलीको घोषणा गरेको हो । क्यानले घोषणा गरेको टिमबाट भर्खरै ओमानमा सकिएको विश्वकप छनोटमा समेटिएका तीन खेलाडी बाहिरिएका छन् । क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर टिममा भीम सार्की, शाहब आलम र अनिल साह समेटेको हो ।
लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुँदैछ ।