10/07/2025, 15:34:37
मङ्गलबार, असोज २१, २०८२

बाढी पहिरोमा परेर ५२ जनाको निधन


काठमाडौं । गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको निधन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी पहिरोमा परेरमात्रै ५२ जनाको निधन भएको जानकारी गराएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले पहिरोमा परेर इलाममा ३९ जना र पाँचथरमा १ जना र काभ्रेमा १ जनाको निधन भएको जानकारी दिए।

यसैगरी उदयपुरमा २ जना,धनुषामा २, इलाम,पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, मोरङ र रौतहटमा १/१ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार चट्याङ लागेर समेत रौतहटमा २ जनाको निधन भएको बताए । उनले रसुवामा चार जना र इलाममा १ जना बेपत्ता रहेको बताए । उनले बाढी पहिरोका कारण ४७ जान घाइते रहेको पनि जानकारी दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..