10/04/2025, 22:54:14
शनिबार, असोज १८, २०८२

बाढी प्रभावितको ‘सेल्टर’का लागि काठमाडौं महानगरले तोक्यो ७० विद्यालय


काठमाडौँ, असोज १८ : बाढीको जोखिममा रहेका बस्तीका मानिसहरूको आश्रयस्थलका लागि काठमाडौं महानगरपालिकाले ७० वटा विद्यालय तोकेको छ । मेयर बालेन्द्र शाहका अनुसार ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थलको रूपमा तोकिएको हो ।

हालसम्म चारवटा विद्यालयमा बाढी प्रभावित परिवारलाई स्थानान्तरण गरिएको छ । प्रभावित बासिन्दा कुलेश्वरस्थित जन विकास विद्यालयमा २५१ जना, त्रिपुरेश्वरस्थित विश्व निकेतनमा ७० जना, गुह्येश्वरीमा ५२ जना, टेकुस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जना बसिरहेका छन् ।

महानगर प्रहरी बलले खोलामा कटान भएका स्थानमा बोरामा माटो र गिट्टी राखेर कटान रोक्ने कार्य तीव्र गतिमा गरिरहेको छ । महानगरले सबैलाई जोखिमयुक्त स्थान नजिक नजान र सुरक्षित रहन आग्रह गरेको छ।

आपत्कालीन अवस्थाका लागि सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३ सार्वजनिक गरिएको छ ।