10/01/2025, 12:16:30
बुधबार, असोज १५, २०८२

युवा पुस्ताले सद्भाव र एकता कायम गर्न लाग्नुपर्छ : विद्वान गुरुङ


काठमाडौं, असोज १५ : नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले युवा पुस्ताले जिम्मेवारीका सबैमा सद्भाव र एकता कायम गरी आगामी दिनको चुनौती सामना गर्नुपर्ने बताउनु भएको छ ।

बडा दशैँ २०८२ को अवसरमा शुभकामना दिँदै अध्यक्ष गुरुङले भन्नुभएको छ, ‘‘असत्यमाथि सत्यको जितको प्रतीकको रुपमा मनाइने दशैं पर्वले विशेषगरी तरुण पुस्ता र युवा पुस्ताले जिम्मेवारीका साथ सत्य, न्याय ,शान्ति र प्रेमको बाटोबाट सबैमा सद्भाव र एकता कायम गरी आगामी दिनको चुनौती सामना गर्न बडा दशैं २०८२ र नवदुर्गा भवानीले हामी सबै नेपालीहरूलाई उत्साह उत्प्रेरणा र शक्ति प्रदान गरुन् ।’’

अध्यक्ष गुरुङले नेपाल अनेकौं जातजाति, भाषाभाषी, धर्म संस्कृति एवं रीतिरिवाज र भेषभूषाले सजिएको देश भएकाले सबै तप्काका नेपालीहरू एकताको भावनाले मिलेर बस्ने परिपाटी नै नेपाली पहिचान हो भन्नु भएको छ । अध्यक्ष गुरुङले धार्मिक र सांस्कृतिक पर्वले आपसी सद्भाव र एकताको भावनालाई कसिलो र सुदृढ बनाएको र नेपालीहरूमा आत्मविश्वास र एकताको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्न मद्दत पुगोस भनी कामना गर्नुभएको छ ।