काठमाडौँ, असोज २ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने बताएको छ।
खाद्य कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रका अनुसार ‘जेन-जी’ आन्दोलनको प्रभाव तथा बाटो असुरक्षाका कारण यस वर्ष दसैँमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने निर्णय भएको छ।
भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलन र त्यसपश्चात् निरन्तर भएको निषेधाज्ञा र कर्फ्युको विशेष प्रभाव परेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “जेन-जी आन्दोलनको प्रभाव हो। बाटोहरू पनि राम्रो र सुरक्षित छैनन्। यसकारण यस्तो निर्णय भएको हो।”
हरेक वर्ष कम्पनीले बजार सन्तुलनका लागि खसी, बोका र च्याङ्ग्रा खरिदबिक्री गर्दै आएको छ।