09/09/2025, 21:50:47
मङ्गलबार, भदौ २४, २०८२

राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत


काठमाडौँ, भदौ २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो ।

नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।