08/11/2025, 14:34:26

मादीमा बेपत्ता युवक भेटिएनन्


२६ साउन, तनहुँ : व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक तीन दिनदेखि फेला परेका छैनन् । व्यास नगरपालिका–१ अम्रेनीका ४० वर्षीय हरि परियार साथीभाइसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी जारी राखे पनि उनी  नभेटिएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।  मादीमा पानीको बहाव बढिरहेकाले खोजी गर्न कठिनाइ भएको छ । परियार नेपाल टेलिकम दमौली शाखामा सवारीचालक पदमा कार्यरत थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..