२५ साउन, काठमाडौं : साउन २३ गते हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । शुक्रबारबाट सुखद् सुरुवात गरेको सिनेमाले शनिबार परेको जैनैपूर्णिमाको दिन पनि देशभर दर्शकको राम्रै साथ पाएको देखिन्छ ।
दर्शकको राम्रो साथ पाएपछि सिनेमाको निर्माण टिम अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल लगायातका कलाकारलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । सिनेमा हेरेर हलबाट निस्केका अधिकांश दर्शकले ‘सिटामोल’को कथावस्तुले आफूहरुको मन जित्नुका साथै अन्तिमा रुवाएको समेत प्रतिक्रिया दिएका थिए ।
शुक्रबार नै एमाले संवद्ध विद्यार्थी संगठनका अध्यक्ष डा सुजन कडरिया, उपाध्यक्ष अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी लगायतको टिमले पनि ‘सिटामोल’ हेरेको थियो । उनीहरुले देशमा ६२/६३ तिरको सशस्त्र जनयुद्धका घाइते योद्धा र कर्णली प्रदेशका जनताले त्यो वेला मात्रै नभई अझै पनि सिटामोल जस्ता साधारण औषधी पनि नपाउने अवस्थालाई सुक्ष्म ढंगले प्रस्तुत गरेको प्रतिक्रिा दिएका थिए । यो सिनेमाले राज्यलाई कर्णालीको अवस्थाले जस्ताको त्यस्तै देखाएकाले त्यता पनि ध्यान दिन जरुरी भएको सन्देश दिएको बताएका थिए । यत्तिको सिनेमा सम्पुर्ण नेपालीले हेर्न जरुरी रहेको प्रतिक्रिया अनेरास्ववियुका पदाधिकारीको थियो ।
‘सिटामोल’ले एक पूर्वमाओवादी कमान्डरलाई केन्द्रमा राखेर कथा भन्छ । सिनेमाले जनयुद्धको विषयलाई उठान गरेकाले आफुहरुले रिलेट गर्न सकेको र धेरै दृश्यमा भावुक भएको अधिकाशं दर्शकको प्रतिक्रिया छ । सिनेमा हेरेका दर्शकको प्रतिक्रिया सुनेर कलाकारदेखि निर्माण टिम उत्साहित देखिएका छन् ।
दर्शकको प्रतिक्रिया सुनेपछि अभिनेता सौगात मल्ल भन्छन्, ‘दर्शक भेट्न् हिड्नु परेकाले मैले आफै पुरै सिनेमा हेर्न पाएको छैन । तर सबैको प्रतिक्रिया सुनेरै खुसी लागेको छ । दर्शकले मन पराइदिनु भयो भनेपछि हामीले गरेको मेहेनतले रंग पाएको छ ।’ सिनेमा हेर्न युवाहरु बढी हलमा आएको सौगातको भनाई छ ।
सिनेमाकी मुख्य अभिनेत्री बेनिशा हमाल पनि दर्शकको प्रतिक्रियाबाट भावुक भएकी छिन । उनले भनिन्, ‘साच्चै भन्नुपर्दा म हिजो रातभरी सुतेकै छैन । कति टेन्सन लागेको थियो । दुईटा सिनेमा एकैपटक प्रदर्शनमा आउँदा कस्तो प्रतिक्रिया आउला भन्ने डर थियो । किनकी मेरो लागी दुईटै सिनेमा उत्तिकै महत्त्वपूर्ण छ । आज दुइटै सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाउँदा भावुक भए । अझ विशेषगरी सिटामोललाई मर्मस्पर्शी सिनेमा भएकाले धेरै दर्शकले रुवाएको प्रतिक्रियाले आनन्द मिलेको छ ।’
राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











