08/20/2025, 18:17:46

सुनको मूल्यमा निरन्तर वृद्धि


 काठमाडौँ, २९ जेठः गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु  दुई हजार १६५ मा कारोबार भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..