06/08/2025, 10:27:08

अझै पुरिएन टुकुचामाथिको सडकमा परेको भ्वाङ, सडक विभागको आलोचना


१५ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकास्थित टुकुचा खोलामाथिको सडक भासिएको लामो समयसम्म नपुर्दा यात्रुलाई सास्ती भएको छ । गत साउन अन्तिम साता नै सडकमा भ्वाङ परे पनि यसलाई पुनै सडक विभागले चासो देखाएको छैन । सडक भासिएकोले सवारी साधनदेखि पैदल यात्रीसम्मले सास्ती बेहोरिरहेका छन् ।

एम्बुस जसरी सडक भत्किए पनि मर्मतमा चासो नराखेको भन्दै मातहतका निकायको आलोचना भइरहेको छ ।