काठमाडौँको तारकेश्वर नगरपालिका -१० स्थित मनमैजुमा आज बिहान परेको पानीमा छाता ओढेर गन्तव्यतर्फ जाँदै विद्यार्थी तथा सर्वसाधारण
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनीधाम नजिकै रहेको कालीगण्डकी र कागखोलाको दोभान । पृष्ठभूमिमा शनिबार देखिएको निलगिरि हिमाल र आसपासको क्षेत्र
Click on Photo to Enlarge
खोटाङको दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा शनिबार आयोजना गरिएको साकेला उँभौली चाड समापनको अवसरमा तस्बिर खिचाउँदै किरात युवायुवती । किराती समुदायले वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली र मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली साकेला चाड मनाउँदै आएका छन्
Click on Photo to Enlarge
दाङ देउखुरीको लमही नगरपालिका-५ स्थित लमही बजारबाट शनिबार देखिएको सूर्यास्त र पूर्व पश्चिम् राजमार्ग
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा स्थापना गरिएको त्रिशूल । पञ्च धातुबाट बनेको ५५.५ फिट उचाइ रहेको त्रिशूल हेर्नका लागि दैनिक आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन्
Click on Photo to Enlarge
गुल्मीको मुसिकोट नगरपािलका– ७ वामीटक्सारका ज्येष्ठ नागरिक सार्वजनिक चौतारीमा बसेर भजनकृर्तन गर्दै । यसबाट स्थानीय संस्कृतिको जगेर्ना गर्न पहल भएको छ
Click on Photo to Enlarge
चिच्चायर वर माग्ने ठाउॅ गुल्मीको मुसिकोट नगरपालिका–६ स्थित कुर्घा मालिका मन्दिर
Click on Photo to Enlarge
भोजपुरको षडानन्द नगरपालिका-१२ स्थित तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडकखण्ड कालोपत्र गरिँदै । यहाँ प्रदेश सरकारको लगानीमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको छ
Click on Photo to Enlarge
समुद्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा अवस्थित मनाङको ङिस्याङ गाउँपालिका–६, मनाङ गाउँमा रहेको गङ्गापूर्ण ताल । मनाङ आउने पर्यटकलाई आकर्षण गर्ने गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल पछिल्लो समय हिमनदी पग्लिदै गएपछि बगर बन्न थालेको छ
Click on Photo to Enlarge
चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्नका लागि जीप सफारीमा जाने तयारीमा आन्तरिक पर्यटक । खैरहनी नगरपालिका १२ र १३ मा पर्ने यस सामुदायिक वन सौराहा आउने पर्यटकका लागि वन्यजन्तु हेर्न जाने उत्कृष्ट गन्तव्य बन्दै गएको छ