सोमबार, पुष ०८, २०८१

२०२४ मा मनोरञ्जन खण्डतर्फ ‘टेलर स्वीफ्ट’ शक्तिशाली महिला घोषित – फोर्ब्स म्यागजिन


काठमाडौँ, २७ मङ्सिरः  फोर्ब्स म्यागजिनले सन् २०२४ सबैभन्दा शक्तिशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ । राजनीति, ब्यापार, वाणिज्य, परोपकार, प्रविधि क्षेत्रबाट शक्तिशाली महिलाको सूची विहिबार बिहान सार्वजनिक गरिएको हो ।

सूचीअनुसार सबैभन्दा शक्तिशाली महिलाको सूचीमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लोयन छिन् । फोर्ब्सको सूचीअनुसार यहाँ मनोरञ्जन र मिडिया क्षेत्रका शक्तिशाली व्यक्तिको सूची उल्लेख गरिन्छ ।

मनोरञ्जन खण्डतर्फ सूचीको शीर्षस्थानमा ३४ वर्षिया अमेरिकी पपस्टार टेलर स्विफ्ट छन् । पूर्णसूचीको २३ औं स्थानमा छिन् । १.६ बिलियन डलर सम्पत्तिसहित उनी अर्बपति हुन् । उनी यससँगै अमेरिकाकी सेल्फ मेड अर्बपति पनि हुन् । उनको इरास टूरले यसैसाता २ बिलियन डलर कमाउने पहिलो सांगीतिक अभियानको कीर्तिमान रचेको थियो ।

सूचीको ३३ औं स्थानमा ओफरा विन्फ्रे छिन् । ४३ वर्षिया पपस्टार बियोन्से नोएल्स शक्तिशाली महिलाको ३५ औं स्थानमा छिन् । वाल्ट डिज्नेकी सहअध्यक्ष डाना वाल्डेन सूचीको ३७ औं स्थानमा छिन् ।

नेटफ्ल्क्स्किी प्रमुख कन्टेन्ट अफिसर बेला बाजारिया शक्तिशाली महिलाको सूचीको ६२ औं स्थानमा छिन् । फक्स न्यूजकी सीइओ सुजैन स्कट सूचीको ६३ औं, अमेजन र एमजीएम स्टुडियो प्रमुख जेनिफर सालके ६५ औं स्थान, पपस्टार रिहाना ७६ औं स्थान र मिडिया उद्यमी मो अबुदु सूचीको ९७ औं स्थानमा छिन् ।

उर्सुला भोन डेर लोयनदेखि टेलर स्विफ्टसम्म, यी १०० जना महिलाहरू नयाँ तरिकामा शक्ति चलाउँदैछन्’ फोर्ब्सले भनेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading