05/20/2025, 19:39:07

जुनियर एनटीआरको जन्मदिनमा फिल्म ‘वार २’ को धमाकेदार टिजर सार्वजनिक


जेष्ठ ६, काठमाडौं : बलिउडको प्रतीक्षित फिल्म ‘वार २’को धमाकेदार टिजर सार्वजनिक भएको छ । अभिनेता जुनियर एनटीआरको जन्मदिन अवसरमा मंगलबार सार्वजनिक टिजरले फिल्मबारे धेरै कुरा दर्शाउँछ । ‘वार’को दोस्रो श्रृंखलाको टिजर समग्रमा ऋतिक रोशन भर्सेस ‘आरआरआर’ फेम्ड एनटीआरको लडाइ हो । यो फिल्म यशराज फिल्म्सको ब्यानरको जासुस ब्रम्हाण्डको एक हिस्सा हो ।

टिजरमा यो फिल्मका केही रोचक तर संक्षिप्त दृश्य समेटिएको छ । यो फिल्मबाट आफूलाई स्पाइ युनिभर्समा विस्तार गरिरहेको ब्यानर यशराजमा पहिलोपटक अभिनेत्री कियारा आड्वाणीले शीर्ष महिला अभिनेत्रीको रुपमा प्रस्तुत गरेकी छन् ।

यसअघि ठूलो बजेटको फिल्म ‘ब्रम्हास्त्र’बाट निर्देशनमा डेब्यु गरेका आयन मुखर्जीले यो फिल्मलाई निर्देशन गरेका हुन् । निर्माता आदित्य चोपडाद्वारा निर्मित जासूसी संसारको सुरुवात सलमान खान र क्याट्रिना कैफ अभिनित ‘टाइगर’ फ्रान्चाइजबाट भएको थियो, जुन “एक था टाइगर“ (२०१२) र “टाइगर जिन्दा है“ (२०१७) मा प्रदर्शनमा आए । रोशन र टाइगर श्राफ अभिनीत “वार“ (२०१९) लाई यो युनिभर्समा समेटिएको छ ।

यसपछि सन् २०२३ मा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत “पठान“ र २०२३ मा “टाइगर ३“ रिलिज भए । “वार २“पछि ब्रम्हाण्डको पहिलो महिला निर्देशित फिल्म “अल्फा“ रिलिज हुँदैछ । त्यसपछि “टाइगर भर्सेस पठान“ रिलिज हुँदैछ, जसमा शाहरुख खान र सलमान खान दुवै छन् ।

वार २“ अगस्ट १४ मा विश्वव्यापी थिएटरमा रिलिज हुने तालिका छ । यो हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुने जनाइएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ