01/08/2026, 20:24:44
बिहिबार, पुष २४, २०८२

‘स्ट्रेन्जर थिंग्स’ नेटफ्लिक्सको सर्वाधिक रुचाइएको अंग्रेजी टिभी सिरिज बन्ने सम्भावना


काठमाडौँ, पुस २३ : ‘स्ट्रेन्जर थिंग्स‘को पाँचौ सिजनको फिनाले प्रदर्शनमा आएसँगै यो श्रृंखला नेटफ्लिक्सको अहिलेसम्मकै सर्वाधिक रुचाइएको अंग्रेजी भाषाको टिभी सिरिजमा पर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पाँचौं श्रृंखलाले अहिलेसम्म १० करोड ५७ लाख भ्यूज प्राप्त गरेको छ । खासमा नेट्फ्लिक्सले कुनै श्रंखला प्रदर्शनमा आएको ९१ ‍ औं दिनसम्मको भ्यूज हेरेर सबैभन्दा धेरै हेरिएको सूची सार्वजनिक गर्दै आएको छ । तर, फरक भोल्युम सार्वजनिक गर्दै छुट्टाछुट्टै समयमा प्रदर्शनमा आएका श्रृंखलाको हकमा भने कुनै भोल्युम प्रदर्शनमा आएको ९१ औं दिनमा भ्यूज हेर्दै आएको छ ।

त्यसै अनुरुप नोभेम्बर २६ मा प्रदर्शनमा आएको भोल्युम पाँच अन्तर्गतका चार श्रंखलाका भ्यूज फेब्रुअरी २४ मा गणनामा गनिएको हो । त्यस्तै, भोल्युम २ का तीन श्रृंखलाका भ्यूज भने डिसेम्बर २५ देखि मार्च २५ सम्म गणना गरिनेछन् । अन्तिम श्रृंखलाको गणना भने डिसेम्बर ३१ देखि मार्च ३१ सम्म गरिनेछ ।

सबै भोल्युमका भ्यूज अझै गन्न बाँकी रहेकाले पनि ‘स्ट्रेन्जर थिंग्स‘, नेट्फ्लिक्सको ‘अल टाइम चार्ट‘को शीर्ष स्थानमा उक्लिन अझै ३ महिना बाँकी रहेको देखिन्छ । अहिले भने यो श्रृंखला सर्वाधिक हेरिएको टिभी सिरिजको शीर्ष ९ मा छ । ‘फूल मि वान्स‘लाई चार्टबाट हटाउँदै डफर ब्रदरद्वारा निर्देशित यो श्रंखला चार्टको ९ औं स्थानमा उक्लेको हो ।

जब कि सन् २०२२ मा प्रदर्शनमा आएको ‘स्ट्रेन्जर थिंग्स‘को ४ औं सिजन अझै पनि यो चार्टको शीर्ष तीन स्थानमा छ । यो चार्टमा ‘वेइनस्डे‘  र ‘एडोलोसेन्स‘ भने क्रमश पहिलो र दोस्रो स्थानमा छ । दर्शकको रुची, भ्यूजको गणनाले पनि यो सिरिज सर्वाधिक हेरिने सूचीको शीर्ष स्थानमा पुग्ने आकलन गर्न थालिएको छ ।