काठमाडौं , साउन २७ : पपस्टार टेलर स्विफ्टले आफ्नो १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने घोषणा गरेकी छन् ।
‘उल्टो गणना’को टाइम सकिएको केही घण्टापछि ग्रामी विजेता गायिकाले वेबसाइटमार्फत नयाँ एल्बम ल्याउने जनाएकी हुन् । एल्बम कहिले आउने भन्ने कुराको मिति घोषणा गरिएको छैन तर, एल्बमको भिनिल संस्करण अक्टोबर १३ भन्दा अघि नै आउने अपेक्षा गरिएको छ ।
गतवर्ष रिलिज भएको पपस्टारको एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ले स्पोटीफाईमा थुप्रै कीर्तिमान रचेको थियो । स्पोटीफाईमा एकैदिनमा सर्वाधिक स्ट्रिमिङ हुने गीतको रेकर्ड यसले रचेको थियो ।
स्विफ्टको नयाँ एल्बमको टाइटल केल्सीको पडकास्टमार्फत सार्वजनिक गरिएको थियो । आफ्नो बहुचर्चित ‘इरास टूर’पछि स्विफ्टको सन् २०२५ तुलनात्मकरुपमा शान्तरुपमा सुरु भएको छ ।
गत मे महिनामा टेलरले आफ्ना सुरुवाती ६ एल्बमको प्रतिलिपि अधिकार फिर्ता लिएको जनाएकी थिइन् ।