मङ्गलबार, पुष ०९, २०८१
साइबर अपराध

धनगढीमा साइबर अपराधको आरोपमा एक महिला पक्राउ


२९ कात्तिक, काठमाडौं । साइबर अपराधको आरोपमा एक महिला पक्राउ परेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो ल्याइएको छ ।

पक्राउ परेकी महिलाविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोप छ । पीडित महिलाले ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading