बिहिबार, पुष ११, २०८१

महिला विश्वकप एसिया छनोट : यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य


२४ कात्तिक, काठमाडौं । आईसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलिरहेको छ । जारी खेल जित्नका लागि नेपालले १२३ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो ।

यूएईका लागि रिनिथा रन्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन बनाइन् । नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक/एक विकेट लिए ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading