२२ कात्तिक, काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३६ वटा जिल्लामा निर्वाचन कमाण्डर तोकेको छ। कोसी प्रदेशमा ७, मधेसमा ६, बागमतीमा ७, गण्डकीमा १, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ५ जना विभिन्न जिल्लामा खटिने गरी जिम्मेवारी तोकिएको पार्टी प्रचार प्रसार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
दुर्घटना, प्रकोप र रोगव्याधि लगायत कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४४ पद खाली छन्। निर्वाचन आयोगका अनुसार, मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
यसैबीच राजनीतिक दलहरूले पनि आ–आफ्ना उम्मेदवारको टुंगो लगाउन थालेका छन्।



What if you could work from Anywhere?
Explore More with something that can change your Life!














