12/08/2025, 17:47:59
सोमबार, मङि्सर २२, २०८२

भालुको आक्रमणबाट दुई जना घाइते


रसुवा, मङ्सिर २२ गते । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् ।

भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल छन् ।

उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..