11/28/2025, 19:45:40
शुक्रबार, मङि्सर १२, २०८२

एनपिएल : सनसनीपूर्ण खेलमा कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी


काठमडौँ, मङ्सिर १२ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो । बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६० रन बनाउनुभएको हो ।

कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १६३ रन बनाउँदै पूरा गरेको हो । दुई बलमा चार रन आवश्यक परेको अवस्थामा बसिरले छक्का प्रहार गर्दै लक्ष्य पूरा गर्नुभएको हो ।