चौमाला (कैलाली), मङ्सिर १२ : नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउनुभयो । संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले तोकिएको मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले देशको निकासका लागि निर्वाचनको बिकल्प नरहेको चर्चा गर्नुभयो ।

नेपाली कम्युनिस्ट पार्टीले सुरु गरेको प्रदेशस्तरीय सन्देश सभा अभियानको पहिलो कार्यक्रमलाई धनगढीमा आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचन गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना गर्ने र त्यसको सुरुवात आफूहरुले गरेको उहाँको भनाइ छ ।
निराजन परियार
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











