11/28/2025, 11:34:38
शुक्रबार, मङि्सर १२, २०८२

निर्वाचनमा सहभागी भएर आफ्नो मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह


काठमाडौँ, मङ्सिर १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भएर जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफै सहभागी हुन आग्रह गर्नुभएको छ।

सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले यो मुलुक सबै मिलेर बनाउनुपर्ने भएकाले यतिखेर निर्वाचनको राष्ट्रिय अनुष्ठानमा सहभागी हुन आग्रह गर्नुभएको हो।

अहिलेको सरकारसँग धेरै पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो।

सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढंगले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गर्नुभयो।

प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..