11/24/2025, 13:23:04
सोमबार, मङि्सर ०८, २०८२

नेपाली काँग्रेससहित १ सय ३२ दलद्वारा आयोगमा दल दर्ताको निवेदन


काठमाडौँ, मङ्सिर ८ गते । नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि काँग्रेसले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो । यसअघि शनिवार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो । काँग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

निर्वाचन आयोगमा आइतवारसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । जसमा प्रतिनिधि सभा निर्वाचनका लागि ५६ तथा राष्ट्रिय सभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..