काठमाडौँ, मङ्सिर ६ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
सुरुमा ब्याटिङ गरेको काठमाण्डुले ६ विकेटको क्षतिमा १३४ रन बनाएको हो । उसका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाउनुभयो ।
विराटनगरका मार्चेनले दुई विकेट हात पार्दा शुभम रञ्जने, सूर्य तामाङ र सन्दीप लामिछानेले एकएक विकेट हात पर्नुभयो । अहिले विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ।
शनिबार नै भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई कर्णाली याक्सले हराएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















