भोजपुर, मङ्सिर ५ गते । यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ ।
स्वस्थानी व्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् ।
सिद्धकालीको दर्शन गरेमा रोगव्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्थानीय पण्डित कमल दाहालका अनुसार देशका विभिन्न भागबाट यहाँ भाकल गर्न भक्तहरू आउने गरेका छन् । यहाँ आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा हुने गरेको छ ।
शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण, हनुमान् मन्दिर छन् भने आसपासका क्षेत्रमा सिद्ध एवं नारायण गुफा छन् । यी स्थानको दर्शन गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










