काठमाडौँ, कात्तिक १८ गते। नेकपा माओवादी केन्द्र छाडेर प्रगतिशील अभियान घोषणा गरेका नेता जनार्दन शर्माले देशको आगामी नेतृत्व युवा पुस्ताले लिने गरी देशव्यापी अभियान चलाउने बताएका छन्।
नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील अभियान नेपाल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले अब देशको नेतृत्व युवाको हातमा जानु पर्ने बताए।
देशको नेतृत्व नयाँ पुस्ताले लिन आवश्यक छ। त्यसो भयो भने देश बदल्न सकिन्छ भन्ने आत्मविश्वास छ,’ उनले भने, ‘हामीले गर्न नसकेका काम अब नयाँ पुस्ताले गर्नेछ भन्ने विश्वासका साथ युवा पुस्तालाई जोडेर हामी देशव्यापी रूपमा अभियान चलाउनेछौँ।’
उनले निर्वाचनमा सहभागी हुने युवाहरूको ठूलो टिम तयार पार्ने पनि बताए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












