11/04/2025, 21:45:35
मङ्गलबार, कार्तिक १९, २०८२

आठ दलको एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने, चुनाव चिन्ह पाँचकुने तारा


काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रज्ञाभवन कमलादीमा जारी बैठकका नयाँ बन्ने पार्टीको बारेमा जानकारी गराएका हुन् ।

संयोजक प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको बताए । भोलि (बुधबार) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ८ कम्युनिष्ट घटकबीच एकता घोषणा हुँदैछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..