09/26/2025, 13:06:18
शुक्रबार, असोज १०, २०८२

बेलौरीमा जेन-जीका माग माग सम्बोधन गर्न वार्ता टोली गठन


कञ्चनपुर, असोज १० : जेन-जी समर्थक समूहको माग सम्बोधन गर्न यहाँको बेलौरी नगरपालिकाले सर्वपक्षीय वार्ता टोली गठन गरेको छ । बिहीबार बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले जेन-जी समर्थक समूहको माग सम्बोधन गर्नका लागि नगर प्रमुखको अध्यक्षतामा जेन-जी समर्थक समूहबाट सात जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको हो ।

कार्यपालिका बैठकले नगर प्रमुख पोतोलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत, नौं जना कार्यपालिका सदस्य, ५ दलबाट एक एक जना दलीय प्रतिनिधि र जेन-जी समर्थक समूहबाट ७ जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले बताउनुभयो ।

यसैगरी, भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा यस नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको तर्फबाट एक दिन बराबरको पारिश्रमिक उक्त कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नगर उपप्रमुख जोगराम चौधरीले कार्यपालिका बैठकले उक्त कोषमा नगरपालिकाको आन्तरिक राजश्व स्रोतबाट दुई लाख रुपियाँ जम्मा गर्ने निर्णय पनि गरिएको बताउनुभयो । जसले आन्दोलनका क्रममा सरकारी संरचना पुनर्निर्माणमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । यसैबिच, मङ्गलबार पालिकास्थित कर्मचारीले बन्द गरेका सेवा पुर्न सुचारु गरेका छन् ।

– भवानीदत्त भट्ट