काठमाडौँ । कोटेश्वरको भाटभटेनी सुपर मार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार एक शव डढेको अवस्थामा भेटिएको हो ।
शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेन जेड प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ ।
यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो ।