09/12/2025, 18:17:43
शुक्रबार, भदौ २७, २०८२

शीतलनिवासबाट बाहिरिए प्रधानसेनापति, सडकमा बढाइयो सेनाको तैनाथी


काठमाडौँ,  भदौ २७ : प्रधानसेनापति अशाेकराज सिग्देल राष्ट्रपति भवन शीतलनिवासबाट बाहिरिएका छन् । अन्तरिम सरकार गठनकाे प्रक्रियामै रहेको बेला राष्ट्रपति रामचन्द्र पाैडेलसँग छलफल गर्न सिग्देल महाराजगञ्जस्थित शीतलनिवास पुगेका थिए ।

उनी करिब ३० मिनेट राष्ट्रपति पाैडेलसँग छलफल गरेर फर्किएका हुन् । राष्ट्रपतिसँग छलफल गरेर प्रधानसेनापति फर्किएलगत्तै सेनाकाे संख्या बाक्लाे बनाइएकाे छ भने बख्तरबन्द गाडीसहित नेपाली सेनाले गस्ती बढाएको छ ।

हामीलाई प्राप्त सूचनाअनुसार अब केही बेरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन हुँदै छ । उक्त सरकार गठनकाे संवैधानिक आधार के हुने भन्नेबारेमा भने अन्याोल छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..