सिन्धुपाल्चोक, भाद्र २१ : बागमती प्रदेश सरकारकै गौरवको योजनामा रहेको सिन्धुपाल्चोक सदरमुकामस्थित मिनी रंगशाला चार वर्ष बित्दा समेत निर्माण पूरा हुन सकेको छैन ।
२०७७ असार २३ गते सरकार र निर्माण कम्पनीबीच सम्झौता भई सुरु गरिएको उक्त रंगशाला २०७९ पुस २३ गते निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता थियो । चौतारा साँगचोकगढी नगरपालिका–५ स्थित सदरमुकामको टुँडिखेलमा र्निर्माणधीन काम आधा समेत हुन सकेको छैन ।
गिरी सुनकोशी जेभीले १८ महिनाभित्र निर्माण पूरा गर्ने सम्झौता अनुरुप २० करोड ९२ लाख २६ हजार रुपियाँमा मिनी रंगशाला निर्माणको ठेक्का पाएको थियो । २०८० चैतसम्म आधा काम नसकिएपछि उक्त रंगशाला निर्माणको कायान्वयन गर्ने बागमती प्रदेश सरकारको लगानीमा सामाजिक विकास कार्यालय धुलिखेलले ठेक्का तोडेको थियो । जेभीमा ठेक्का पाएका मध्ये गिरी कन्ट्रक्सनले काम गर्ने भनिए पनि गिरीले समयमा काम पूरा गरेन । निमानुसार म्याद थप पाउने अवधि पनि सक्किएपछि व्यवसायीमध्येको सुनकोशी कन्ट्रक्सन कानुनी उपचारमा गएको थियो ।
नेपाल सरकारको खरीद नियमावलीमा चौधौं संशोधन गर्दे म्याद सकिएर अलपत्र परेका योजनाहरुमा अन्तिम पटकको लागि एक वर्षको म्याद थप्ने कानुनी व्यवस्था गरेपछि सो रंगशाला निर्माणका लागि पनि असार मसान्तसम्म म्याद थप भएको इन्जिनियर कुसुम भट्टराईले जानकारी दिनुभयो । म्याद थप भए पनि ठेकेदार पक्षले काम गर्न आलटाल गरिरहेको छ । विभिन्न बाहना बनाएर ठेकेदार पक्षले कामलाई सुस्त ढङ्गमा गरिरहेको छ । सुस्त गतिमा काम गर्ने हो भने रंगशाला निर्माण पूरा हुन निकै वर्ष लाग्ने देखिन्छ । ठेकेदारको लापरबाहीका कारण सो रंगशाला निर्माण पूरा हुने अन्यौलता देखिएको चौतारा साँगचोकगढी नगरपालिका–५ का समाजसेवी रविन्द्र श्रेष्ठले आरोप लगाउनुभयो ।

उक्त रंगशालाको पश्च्यिमतर्फको भागमा प्यारापिट ढलान गर्न बाँकी रहेको छ । पूर्वतर्फका भागमा जगदेखि नै प्यारापिट बनाइएको छैन् । ग्राउण्डमा वर्षातको पानी निकास गर्ने, ग्राभेल फिलिङ तथा वालुवा लेभलिङ गरेर दुवो रोप्ने काम सुरुवात समेत भएको छैन । ग्राउण्डको वरिपरि ब्लक बिछाएर सर्भिसलेन बनाउन, २ वटा टयाँकी बनाउन, टिक घर निर्माण गर्नुपर्ने, रात्रीकालीन खेलका लागि ४ वटा ठूलो र ९ वटा सानो फ्लडलाइट हाल्नुपर्ने, डिजिटल डिस्फ्ले बोर्ड लगायतका थुप्रै काम गर्न बाँकी रहेको भट्टराईले बताउनुभएको छ । अबको १० महिनाभित्र रंगशाला निर्माण पूरा गर्नुपर्ने जिम्मा ठेकेदार पक्षलाई छ । तर ठेकेदार पक्ष कछुवाको गतिमा रंगशाला निर्माणको काम गर्देछ ।
रंगशालामा यसअघि निर्माण गरेर नापजाँच गरिएको काम बापतको दुई करोड भूत्तानी पाए तीव्र गतिमा रंगशालाको बाँकी काम गर्ने ठेकेदार सुनकोशी कन्ट्रक्सनका संचालक नारायणप्रसाद भट्टराईले बताउनु भएको छ । दुई वर्ष अगाडि गसिकिएको कामको उक्त रकम पाएमा तोकिएकै समयमा काम सक्ने उहाँको भनाइ छ । एक हप्ताभित्रबाट दुई सय मजदुर लगाएर रंगशालाको काम अघि बढाउने नारायणले प्रतिबद्धता गर्नुभयो । ‘‘निर्माण गरिएको कामको रकम नरोक्ने र फिल्डमा अवरोध नहुने हो भने निर्धारित मितिमा नै मिनी रंगशाला निर्माण पूरा हुने थियो’’ नारायणले पीडा पोख्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














