12/02/2025, 03:09:40
सोमबार, मङि्सर १५, २०८२

उर्मिला श्रेष्ठलाई एसियाली शारीरिक सुगठनमा काँस्य


काठमाडौँँ, भदौ ८ : नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्तर्गत एथलेटिक्स फिजिक्समा काँस्य पदक जित्नुभएको छ ।

उहाँले ३५ वर्षमाथि उमेरसमूहमा काँस्य पदक जित्नुभएको हो । आठ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जित्नुभयो ।

उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको नेपाली टोलीका अफिसियल दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।