१५ असोज, काठमाडौं । ओमान सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा आज मंगलबार नेपाल र क्यानडासँग भिड्दैछन्। क्यानडाको किंग सिटीमा हुने खेल राति पौने १० बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ।
ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्र्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ।

त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















