06/23/2025, 17:08:27

रुकुमपश्चिममा चट्याङ लागेर महिलाको मृत्यु


त्रिवेणी (रुकुमपश्चिम), ९ असारः रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासी बेहोस हुनुभएको थियो । तत्काल उद्धार गरी उहाँलाई जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गएराति नै मृत घोषणा गरेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ