05/30/2025, 03:30:33

सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण


काठमाडौँ, १४ जेठः  काठमाडौँ महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुआत गरेको छ । उक्त सुख्खा फोहर विक्रीका लागि वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा ठेक्का लगाएको छ ।
कामपाले ३२ वटा वडालाई जनसङ्ख्या र भुगोलको आधारमा क्षेत्र निर्धारण गरी सुख्खा फोहर व्यवस्थापनको सुरु गरेको कामपा वातावरण व्यवस्थापन विभागले जानकारी दिएको छ ।
कामपाले ३२ वटै वडालाई सात क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो । यी स्थानमध्ये क्षेत्र नं ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इञ्जिनियर रामप्रसाद नेपालले जानकारी दिनुभयो ।
क्षेत्रमा क्रमशःसञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उहाँको भनाइ छ । यस क्षेत्रमा वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वडा छन् ।
सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न  र अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाँको आयु बढाउनका लागि ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न कामपाले आय ठेक्का कार्यविधि २०७९ वमोजिम सार्वजनिक सूचनाबाट आव्हान गरेको थियो । यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नं २, ३, ४, ५ र ७ पर्छन् ।
क्षेत्र नं २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि जिम्मा पाएको छ जहाँ वडा नं १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले कवोल गरेको छ यस क्षेत्रमा वडा नं ६, ८ र ९ पर्छन् । क्षेत्र नं ४ मा मेची पोली इष्डष्ट्रीले जिम्मा लिएको छ । यसमा वडा नं १६, १७ र २६ पर्छन् । वडा नं १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ को जिम्मा नेपाल ऊर्जा विकास कम्पनीले लिएको छ ।   वडा नं १०, ३१ र ३२ समेटेर क्षेत्र नं ६ तोकिएको छ । जहाँ पोली वेस्ट म्यानेजमेन्टले  जिम्मा पाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ