04/16/2025, 07:31:28

गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु


गाजा, २८ चैत : इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू फसेका गाजा सिभिल डिफेन्सले जनाएको छ ।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले मलबामा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताउनुभयो । फिलिस्तीनी सुरक्षा स्रोतहरूले आक्रमणले आठ वटा घरलाई निशाना बनायो, जसले पुरै क्षेत्रलाई नष्ट गरेको छ । इजरायली सेनाले यस बारेमा केही बोलेको छैन ।

गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार चौबिस घण्टामा ३६ शव र ४१ घाइते व्यक्तिहरू अस्पतालमा ल्याइएका छन् । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायलले १८ मार्चमा सैन्य कारबाही सुरु गरेपछि एक हजार ४८२ प्यालेस्टिनीको मृत्यु भएको छ भने तीन हजार ६८८ घाइते भएका छन् । साथै, इजरायली आक्रमणले नुसेइरात शहरमा दुई जनाको मृत्यु भएको र एक जनालाई घाइते बनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार ८४६ प्यालेस्टिनीको मृत्यु भएको छ । मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकूहरू थिए भनेर बताउँदैन । इजरायली आक्रमणमा थप एक लाख १५ हजार सात सय २९ जना घाइते भएको मन्त्रालयले बताएको छ । इजरायलले कुनै प्रमाण नदिई करिब २० हजार लडाकू मारिएको बताएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ