वासिङटन डिसी (अमेरिका), २८ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खादिजा अब्दुल समाद अब्दुल्लाहबीच न्युयोर्कमा भेटघाट भएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सम्मेलनमा भाग लिन आउनुभएका मन्त्री पौडेलले ‘साइडलाइन’ भेटघाट गर्दै आउनुभएको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगले दिएको जानकारीअनुसार उहाँहरूबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।