काठमाडौँ, पुस १५ गते । नेकपा (एमाले) कि केन्द्रीय सदस्य एवम् काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले पुस्तान्तरणबारे युवा जमातलाई गहिरो अध्ययन गर्न सुझाव दिनु भएको छ । मदन-आश्रित स्मृति प्रतीस्ठानद्वारा मङ्गलबार यहाँ आयोजित विचार गोष्ठीमा उहाँले सो सुझाव दिनु भएकाे हाे ।
पुस्तान्तरण भनेको पुरानोलाई हटाएर नयाँलाई ल्याउनु मात्र नभएको बताउँदै उहाँले पुस्तान्तरण हुन ज्ञान, विचार, संस्कृतिको पुस्तान्तरण हुनु पर्ने बताउनु भयो । अरू दलले पुस्तान्तरणको गफ धेरै दिने गरे पनि एमालेले काम गरेर व्यवहारमा देखाएको उहाँले बताउनु भयो । एमालेको ११ औं महाधिवेशनबाट युवा क्लस्टर छुट्याएर एमालेले व्यवहारमा पुष्टि गरिसकेको उहाँले बताउनु भयो । आफू पनि त्यही क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको उहाँले बताउनु भयो ।
बुवाले छोरालाई अंश दिएजस्तो पुस्तान्तरण हुन नसक्ने उहाँले बताउनु भयो । नेता बन्न अध्ययन, लगनशील, सिदान्तको ज्ञान र समर्पणको खाँचो रहेको डङ्गोलले चर्चा गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











