साउन १३, काठमाडौं । शुक्रबार रिलिज भएको नेपाली फिल्म ‘ईश्वर’ बक्स अफिसमा कमजोर देखिएको छ। मल्टिप्लेक्सहरूमा न्यून शोका साथ प्रदर्शन थालेको फिल्मले कमजोर व्यापार गरेको हो। प्राप्त शोमा दर्शक नहुँदा दुई दिनमै धेरै हलबाट फिल्मको शो हटाइएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौंमा आइतबारबाट फिल्मको शो हटाएको छ। आज काठमाडौंका क्युएफएक्स आउटलेटमा फिल्मको एक शो पनि उपलब्ध छैन। यसले फिल्मको बक्सअफिस कमजोर भएको पुष्टि गर्छ।
राजु गिरीको निर्देशन रहेको ‘ईश्वर’ मा पृथ्वीराज प्रसाईं, अनु शाह, ध्रुव थापा, क्रिष्टी गुरूङ, सुनील थापा, सबिन बास्तोला, माओत्से गुरूङ, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर बाङ्देल लगायतको अभिनय छ। प्रेम र बिछोडको कथासँगै पारिवारिक र देशप्रेमको कथा यसमा देखाइएको छ।
फिल्मको प्रस्तुतकर्ता लक्ष्मी कुँवर थापा र निर्माता हरिबहादुर थापा हुन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











